आईसीसीले च्याम्पियन्स ट्रफीका लागि 'हाइब्रिड' मोडल प्रस्ताव गर्ने...
मंसिर १२, २०८१ बुधबार
ललितपुर - किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सञ्चालकले विभिन्न जिल्लाबाट किशोरीहरु ल्याएर रोजगारी दिने भन्दै शोषण गरेको पाइएको परिसरका प्रवक्ता नरेन्द्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुलाई यौन शोषणसमेत गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।” उनीहरुविरुद्ध मानव बेचविखनको समेत आरोपमा अनुसन्धान अघि बढेको छ ।
रेष्टुरेण्टबाट चार जना किशोरी उद्धार गरिएको प्रवक्ता चन्दले बताउनुभयो । परिसरले विशेष सुराकीका आधारमा अनुसन्धान गरेर कारवाही गरेको हो । उहाँले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।