आजको मौसम : केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने

 कात्तिक २७, २०७७ बिहिबार ७:३३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ ।

आज प्रदेश नम्बर एक, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी ठाउँमा दिउँसो सामान्यतया मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति पनि वाग्मती र प्रदेश एकको केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने कँडेलले बताउनुभयो । आज बिहान काठमाण्डौको तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

यसैबीच यो वर्षको तिहारमा आंशिक बद्ली हुन सक्ने देखिएको छ । तर पानी पर्ने, नपर्ने बारे भने १/२ दिनमा मात्र थाहा हुने मौसमविद् कँडेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया