स्मार्ट लाइसेन्सका लागि १४ लाख कार्ड खरिद गरिने : दुई वर्षअघि खरिद गरेका १० लाखमध्ये ६० हजार मात्रै बाँकी

 कात्तिक २९, २०७७ शनिबार १०:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ  ।

स्मार्ट लाइसेन्स छपाइका लागि १४ लाख कार्ड खरिद गर्न भएको ठेक्का आह्वानमा प्राप्त आवेदनको मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताउनुभयो । उहाँकाअनुसार विभागले दुई वर्ष पहिले झण्डै १० लाख कार्ड खरिद गरेको थियो । त्यसपछि अहिले खरिद प्रक्रिया अघि बढाएको हो । अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकी छ ।

ठेक्का सम्झौता भएपछि तीन महिना भित्रमा कार्ड ल्याउने उहाँले बताउनुभयो । अहिले खरिद भएको कार्ड डेढ वर्षलाई पुग्ने अनुमान गरिएको छ । विभागले गएकाे चैतदेखि असोज मसान्तसम्ममा झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको थियो । अब सेवाग्राहीले कार्ड पाउन सहज हुने अपेक्षा गरिएको छ ।

सरकारले गएकाे चैतमा लकडाउन गरेपछि यातायात कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया