२ लाख नगद र झण्डै ८ लाखको चेकसहित काठमाण्डौबाट सात जुवाडे पक्राउ

 मंसिर २, २०७७ मंगलबार ११:१६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डाैको कुलेश्वरमा नगद दुई लाख र सात लाखको चेक सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

दुई लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद र सात लाख ९४ हजार ८ सय ७० रुपैयाँ बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

काठमाण्डौ महानगरपालिका १४ काे कुलेश्वरमा शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू साेमबार बेलुका पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काभ्रेका यादव चौलागाईँ, धादिङका राजु पौडेल, चितवनका राजीव श्रेष्ठ, केशवप्रसाद मुडवरी, बाराका श्याम तामाङ र कैलालीका प्रेम बडवाल रहेका वृत्तका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) अपिलराज बोहराले बताउनुभयो ।   

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया