सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारा...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकाका झण्डै ४ सय चोकहरुमा ‘स्टप, लुक एण्ड गो’ बोर्ड राखिएको छ ।
साँघुरो बाटोबाट ठूलो बाटो मिसिने क्रममा दुर्घटना कम गर्नका लागि ‘स्टप, लुक एण्ड गो’ बोर्ड राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अहिलेसम्म ३८० ठाउँमा बोर्ड राखिसकिएको र बाँकी २० ठाउँमा आज राखेर भ्याउने महाशाखाका प्रमुख एवं एसएसपी भीम ढकालले जानकारी दिनुभयो ।
आज बोर्ड राखिसकेका ३८० ठाउँमा गाडी चलाउनेहरुलाई सिकाउन ३८० जना ट्राफिक प्रहरी खटिँदै छन । सानो बाटो र ठूलो बाटो मिसिने चोकहरुमा बिहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्म गाडी चालकहरुलाई सिकाउन लागिएको महाशाखाका प्रमुख ढकालले बताउनुभयो ।
सानो बाटोबाट आएका गाडीहरु हेर्दै नहेरी ठूलो बाटोमा जाँदा दुर्घटना बढेकोेले त्यस्ता ठाउँ आउने बित्तिकै गाडी रोक्ने, हेर्ने, अनि मात्रै जाने गर्नुपर्ने लेखिएको बोर्ड राखिएको महाशाखाले जनाएको छ । सानो बाटोबाट आएका गाडीहरुले ठूलो बाटोमा रहेका गाडीको गति हेरेर मात्रै ठूलो बाटोमा प्रवेश गर्न या भनौँ पहिलो प्राथमिकतामा ठूलो बाटोका गाडीलाई राख्न प्रमुख ढकालको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।