'रोक, हेर र जाऊ' नियम पालना गराउन ३८० ट्राफिक प्रहरी खटिए, बिहान मात्रै ३ हजार ५०० चालकलाई सम्झाइ–बुझाइ

 मंसिर ३, २०७७ बुधबार १४:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ट्राफिक नियम 'रोक, हेर र जाऊ' अर्थात् (स्टप, लुक एण्ड गो) लाई पालना गराउन बुधबारदेखि ट्राफिक प्रहरी खटिएका छन् । गाडी चलाउनेले विशेष गरी ट्राफिक सङ्केत, अपनाउनुपर्ने सावधानी जस्ता नियमहरूको पालना गर्नुपर्ने भए पनि कतिपय चालकले नियमको पालना नगरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले शाखा सडकबाट मुल सडकमा सहजै निस्कन रोक, हेर र जाऊ ट्राफिक सङ्केत बोर्डहरूको पालना गराउन तीन सय ८० वटा शाखा सडकमा तीन सय ८० जना ट्राफिक प्रहरी खटाएको हो ।

महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले काठमाण्डौ उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने गाडी दुर्घटना न्यूनीकरण गरी सहज र सुरक्षित यात्रा गराउन त्यस्ता ट्राफिक सङ्केत बोर्डहरू निर्माण गरी राखिएको बताउनुभयो ।

नियमपालना गराउन, सिकाउन 'पिक आवर' (व्यस्त हुने समयमा) तीन/तीन घण्टा ट्राफिक प्रहरी खटिने छन् । मङ्गलबार बिहान मात्रै तीन हजार पाँच सय चालकलाई सङ्केत बोर्डको महत्त्व तथा फाइदाको बारेमा सम्झाइ–बुझाइ गरिएको पनि महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया