नेपाल–भारत सचिवस्तरीय संयुक्त बैठक आज : प्रसारणलाइनको मोडालि...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलोले सबैको ध्यान खिँचेको बताउनुभएको छ ।
बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता थापाले नेकपाभित्रको झगडामा दुई वटा पक्ष रहेको बताउनुभएको छ । जसमा पहिलो नेकपा सञ्चालनको आन्तरिक विषय र दोस्रो नेकपा नेतृत्वको सरकार सञ्चालनको विषय भएको बताउनुभएको छ ।
केही दिनअघि नेकपाका अध्यक्ष प्रचण्डले अर्का पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीमाथि केही सङ्गीन आरोप लगाउनुभएको विषयमा नेता थापाले भन्नुभएको छ, ‘पुष्पकमल दाहालले खड्गप्रसाद ओलीमाथि लगाएको आरोप नौला विषय छैनन् र गलत पनि होइनन्, संसद्, सडक सबैतिरबाट प्रधानमन्त्री ओली विरुद्ध उठ्दै र लाग्दै आएका आरोप हुन् ।’
पार्टी सञ्चालनको सन्दर्भमा रहेका मतभेदका बारेमा नेकपाका नेताहरुले नै छलफल गर्ने विषय भएको थापाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
सरकार सञ्चालन गर्दा देखिएका अनियमितता, भ्रष्टाचार, अपराध, कुशासनलगायतका विषय सार्वजनिक चासोको विषय भएकोले यसबारेमा प्रधानमन्त्री र नेकपाले उत्तर दिनुपर्ने नेता थापाले बताउनुभएको छ ।
‘नेकपाको आन्तरिक शक्ति सङ्घर्ष र कलहबीच विदेशी गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरुले चिनियाँ राजदूतसँग गरेको अस्वाभाविक भेटघाट समेतका बारेमा प्रधानमन्त्री र सिङ्गो नेकपाले उत्तर दिनुपर्छ ।’
विभिन्न प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरुलाई केवल पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षबीच उठेको मनमुटावको तितो अभिव्यक्तिका रुपमा प्रतिपक्षीले नलिने उहाँले बताउनुभएको छ ।
उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘फकिने र फकाउने ले यो नबिर्सिनुहोला कि अब सबै विषय नेकपाभित्रको आन्तरिक विषय रहेनन्, दुई पाइलटको मनमुटाव मात्रको विषय रहेन । अब यो राष्ट्रिय सरोकारको विषय हो, यो हाम्रो विषय हो । अब हाम्रो एक–एक प्रश्नको उत्तर दिन तयार पनि हुनु होला ।’
यस्ताे छ विज्ञप्ति–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।