सरकारले कोरोनाका कारण भारतसहित विभिन्न देशबाट फर्किएकाको विवरण सङ्कलन गर्ने

 मंसिर ४, २०७७ बिहिबार ९:५९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै कोरोनाका कारण विदेशबाट फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण दश दिनभित्र पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमका अनुसार ७ सय ५३ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्सिर १३ गतेभित्र विवरण पठाउन निर्देशन भनिएको छ । पत्रमा कोभिड–१९ को कारणबाट भारत लगायत अन्य देशबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार र १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिको विवरण पठाउन भनिएको छ ।

उहाँले रोजगारीको सम्भाव्यता अध्ययन गर्ने प्रयोजनका लागि विवरण सङ्कलन गर्न थालिएको बताउनुभयो । विवरणमा विदेशमा रहँदा संलग्न भएको सीप वा तालिम, कुन देशबाट फर्किएको, फर्कनुको कारण (रोजगार गुमाएको/अध्ययन गरी फर्किएको) उल्लेख गर्नुपर्नेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया