व्यवसायीको चुनाव : ढकाल र प्रधान समूह प्रतिष्पर्धामा, सर्वसम्मतिको प्रयास चल्दै

 मंसिर ४, २०७७ बिहिबार १०:२६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले प्रचार अभियान तीव्र पारेका छन् । सँगै सर्वसम्मतिको प्रयास पनि भैरहेको छ। वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधानअनुसार महासंघको अबको अध्यक्ष शेखर गोल्छा बन्ने पक्का छ । गोल्छापछिको अध्यक्षको लागि वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्षद्वय ढकाल र प्रधान चुनावी मैदानमा उत्रेका छन् । ढकाललाई धेरैजसो पूर्व अध्यक्ष र वर्तमान पदाधिकारीको समर्थन छ भने प्रधानलाई पनि पूर्व अध्यक्ष पशुपति मुरारका लगायतको समर्थन छ ।

आउँदो ११, १२ र १३ गते काठमाण्डौमा हुने साधारणसभा र चुनावले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष तथा ५९ कार्यकारिणी समिति सदस्य चयन गर्नेछ । समिति सदस्यमा हरेक प्रदेशबाट एक-एक जना गरी ७ जना, जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट १७ जना, वस्तुगत समितिमध्येबाट १४ जना र एशोसिएट्स सदस्यमध्येबाट १९ जना चयन हुनेछन् । राष्ट्रिय उद्योग वाणिज्य संघ र महासंघका संस्थापक मध्येबाट एक-एक जना कार्यकारिणी सदस्य निर्वाचित हुनेछन् । 

वस्तुगत क्षेत्रतर्फ चन्द्रप्रसाद ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोरकुमार प्रधान समूहबाट अञ्जन श्रेष्ठले उम्मेदवारी दिएका छन् । उमेशलाल अहिलेको कार्यसमितिमा पनि वस्तुगत उपाध्यक्ष नै हुनुहुन्छ भने अञ्जन हाल उद्योग समितिको सभापति हुनुहुन्छ ।

यस्तै ढकाल समूहबाट वस्तुगततर्फको कार्यकारिणी समिति सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुवोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

प्रधान समूहका वस्तुगत तर्फको सदस्यमा अरनिको राजभण्डारी, अशोक शर्मा, विप्लवमान सिंह, विष्णु गैह्रे, दिपक दाहाल, गोविन्द ढुंगेल, माधवलाल श्रेष्ठ, महेशलाल प्रधान, मीनमान श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शकुन्तलाल हिराचन, सन्दीप अग्रवाल, शारदा रिजाल, शिवप्रसाद घिमिरे र सुनिलगोपाल श्रेष्ठले पनि उम्मेदावारी दिएका छन् ।

ढकाल प्यानलको जिल्ला नगरतर्फबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन् भने यस प्यानलबाटै राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

एशोसिएट्सतर्फ ढकाल प्यानलबाट उपाध्यक्षमा रामचन्द्र संघई तथा सदस्यमा अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दिएका छन् ।

प्रधान प्यानलबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठसहित सदस्यमा अरुणराज सुमार्गी, अशोक अमात्य, तारानाथ घिमिरे, उमेश घिमिरे, रामेश्वर मानन्धर, अशोक ताम्राकार, गजेन्द्र भगत, गोपाल केडिया, देवकुमार श्रेष्ठ र मंगलसिंह ठगुन्नाले उम्मेदवारी दिएका छन् ।

प्रधानको टिमबाट एशोसियट उपाध्यक्षमा सौरभ ज्योति तथा एशोसियटको कार्यकारी सदस्यमा विजयसिंह वैद्य, रन्जित आचार्य, कृष्ण दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द बगारिया, मंगेशलाल श्रेष्ठ, अशोक टेमानी, सुनिलनारायण श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, प्रवलजंग पाण्डे, सन्दीप गाडिया, हेमन्त गोल्छा, शक्ति बेगानी, उदीप श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

सर्वसम्मतिको प्रयास

सर्वसम्मत नेतृत्व चयनको लागि पूर्व अध्यक्षहरुले पहल गरिरहेका छन् । पूर्व अध्यक्षहरु रवीभक्त श्रेष्ठ, महेशलाल प्रधान, कुशकुमार जोशी, पद्म ज्योति र प्रदिपजंग पाण्डेले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष बनाउन छलफल चलाइरहेका हुन् । तर सहमति भैसकेको छैन । चुनाव हुने बेलासम्ममा सहमति हुने उनीहरुको विश्वास छ ।  
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया