एनपीएलको लागि टिकट मूल्य, तीन सयदेखि एक हजार रुपैयाँसम्म
मंसिर ११, २०८१ मंगलबार
हिन्दी सिनेमा जगतकी पहिलो फिमेल सुपस्टार श्रीदेवीको आज ५६ औँ जन्मदिन हो तर दुर्भाग्य उनी आफ्नो जन्म दिन मनाउन यो धर्तीमा छैनन् । आज उनको जन्मदिनको अवसर पारेर सम्पूर्ण बलिउड जगत तथा हिन्दी फिल्मका पारखीहरु उनलाई सम्झिरहेका छन् ।
१३ अगस्त १९६३ मा आजकै दिन श्रीदेवीको जन्म शिवकासी, तमिलनाडु, भारतमा भएको थियो । उनका पिता एक वकिल थिए । १९६७ मा रिलिज भएको तमिल फिल्म ‘कांदान करुनाई’ मार्फत अभिनयको सुरुवात गरेकी श्रीदेवी त्यती बेला मात्र चार वर्षकी थिइन् ।
थुप्रै बलिउड र टलिउड फिल्महरुमा बाल कलाकारका रुपमा काम गरिसकेपछि श्रीदेवीले पहिलो पटक १९७६ मा रिलिज भएको तमिल फिल्म ‘मोन्द्रु मुदिचु’मा लिडिङ रोलमा अभिनय गर्ने अवसर प्राप्त गरिन ।
आफ्नो करियरको सुरुवातमा थुप्रै दक्षिण भारतीय फिल्महरुमा अभिनय गरेकी श्रीदेवीको पहिलो बलिउड फिल्म ‘सोलवा सावन’रहेको थियो जुन १९७९ मा रिलिज भएको थियो । त्यसको चार वर्षपश्चात जितेन्द्रसँग उनको फिल्म ‘हिम्मतवाला’ रिलिज भयो जुन त्यो समयमा निकै सुपरहिट भएको थियो र त्यही फिल्मले श्रीदेवीलाई बलिउडमा स्थापित पनि गरायो ।
‘हिम्मतवाला’ हिट भएपछि जितेन्द्र र श्रीदेवीको जोडी लाई बलिउडमा निकै सफल जोडी मानिन थाल्यो र यो जोडीले पछि संगै १६ वटा फिल्महरुमा काम पनि गर्यो । श्रीदेवीले आफ्नो जिवनमा बलिउडमा निकै सफल फिल्महरु दिएकी छिन् र हरेक पात्रलाई निकै सहज र सफल रुपमा पर्दामा जिवन्त पारेकी छिन् ।
१९९६ मा फिल्म निर्माता बोनी कपूरसँग विवाहपश्चात १९९७ मा उनको फिल्म ‘जुदाई रिलिज भयो जुन निकै हिट भएको थियो । विवाहपश्चात श्रीदेवी फिल्मबाट निकै समय टाढा भइन् र पारिवारिक जीवनमा बाँधिइन् ।
श्रीदेवीका दुई छोरीहरु जान्हवी र खुशी छन । जसमध्ये जान्हवीको डेव्यू फिल्म ‘धडक’ केही समय अगाडि रिलिज भइसकेको छ ।
आफ्नो अभिनय यात्राको पहिलो इनिङ्गबाट सन्यास लिएकी श्रीदेवी सन २०१२ मा रिलिज भएको सुपरहिट फिल्म ‘इङ्गलिस विङ्गलिस’बाट बलिउडमा पुनः फिर्ता भइन् । आफ्नो दोश्रो इनिङ्गमा समेत निकै सफल देखिएकी श्रीदेवीको अन्तिम फिल्म भने शाहरुख खानसँग ‘जिरो’ हुन पुग्यो जुन यसै वर्षको अन्तमा रिलिज हुँदैछ ।
२४ फेब्रुवरी २०१८ मा दुबईको एक होटेलको टबमा मृत अवस्थामा भेटिएकी उनको मृत्युलाई एक ‘एक्सिडेन्टल डेथ’ मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।