भारतमा विवाह समारोहबाट फर्किएको गाडी दुर्घटना हुँदा १४ जनाको ज्यान गयो

 मंसिर ५, २०७७ शुक्रबार १०:३४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा विवाह समारोहबाट फर्किएको गाडी दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।

उत्तरप्रदेशको प्रतापगढ जिल्ला प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको ज्यान गएको हो । विवाह समारोहबाट फर्कँदै गरेको गाडी टायर पञ्चड भएर सडकको छेउमा रोकिराखेको ट्रकमा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटना लगत्तै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दु:ख व्यक्त गर्दै दुर्घटना स्थलमा पुगेर आवश्यक सहयोग गर्न प्रशासनलाई निर्देशन दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया