दिउँसै बादल लागेपछि चिसो बढ्यो

 मंसिर ५, २०७७ शुक्रबार १७:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डाै उपत्यकासहित देशभर चिसो बढेको छ । बुधबार र बिहीबार बिहान तथा बेलुका मात्रै चिसो भए पनि शुक्रबार दिउँसोको समयमा नै चिसो बढेको छ ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोको समयमा बादल लागेका कारण काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम घटेको छ । अहिले काठमाण्डौको अधिकतम तापक्रम १७ डिग्री सेल्सियस छ । हिजो, अस्ति १९ डिग्री सेल्सियस थियो ।

काठमाण्डौको शुक्रबारकाे न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस थियो । बादल लागे पनि ठूलो प्रणाली नभएकाले तत्काल पानी नपर्ने मौसमविद् अर्यालले बताउनुभयो ।

यस्तै, अहिले देशका धेरैजसो पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । यसले गर्दा धेरै ठाउँमा चिसो बढेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया