अफगानिस्तानमा रकेट आक्रमण : कम्तीमा ८ जनाको ज्यान गयो, ३० जना घाइते

 मंसिर ६, २०७७ शनिबार १७:५३:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानको काबुलमा भएको रकेट आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । अमेरिका र तालिवानबीच वार्ता हुनुभन्दा केही घण्टा पहिले भएको आक्रमणमा परि अन्य ३० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

शनिबार बिहान एउटा आवासीय क्षेत्रमा दुइ वटा कारबाट झण्डै २० वटा मोर्टार आक्रमण भएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । यस आक्रमणमा कैयाैँ भवन र वाहन क्षतिग्रस्त भएका छन् । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले कतारको दोहामा तालिवानी वार्ता टोलीसँग भेट्नुअघि काबुलमा आक्रमण भएकोले शान्ति वार्तामाथि शङ्का उत्पन्न भएको छ ।

गएको हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले सन् २०२१ को मध्यसम्ममा अफगानिस्तानबाट दुई हजार अमेरिकी सेना फिर्ता लैजाने घोषणा गरेको थियो ।  

यस आक्रमणमा तालिबानले आफ्नाे सहभागिता नभएकाे बताएपछि एक अन्य क्षेत्रीय इस्लामिक गुटमाथि आशङ्का गरिएकाे छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया