पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
म्याग्दी – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलसहितको एक टोलीले म्याग्दीमा सञ्चालित विभिन्न विकासे आयोजनाहरुको स्थलगत निरीक्षण गरेको छ । उपाध्यक्षको टोलीद्वारा विशेषगरी समपूरक र विशेष अनुदानका योजना तथा आयोजनाहरुको अनुगमन र निरीक्षण गरिएको हो ।
टोलीले बेनी–जोमसोम–कोरला सडक आयोजना, राहुघाट जलविद्युत् आयोजना, बेनी–जोमसोम सडक अन्तर्गत गलेश्वरमा निर्माणाधीन मोटरेबल पुल, कालीपुल बसपार्क, बेनी अस्पतालको निर्माणाधीन भवन र म्याग्दी बहुमुखी क्याम्पसको अनुगमन गरेको जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको अवस्थाबारे स्थलगत अवलोकन गरेको कँडेल नेतृत्वको टोलीले म्याग्दीमा पनि योजनाहरुको अनुगमन गरेको हो ।
अनुगमनपछि बेनीमा आयोजित सरोकारवालासँगको भेटघाटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले विकासका आयोजनाहरुमा ‘डुब्लीकेशन’ (दोहोरिने प्रक्रिया) रहेकाले यसलाई सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले डुब्लीकेशन सुधार्न केन्द्र सरकारले परियोजना बैंक प्रणालीको अवधारणा ल्याएकाले यसलाई केन्द्र हुँदै प्रदेश र पालिकामा लागू गरिने जानकारी दिनुभयो । उहाँले तीनवटै तहले सञ्चालन गर्ने विकासे आयोजनाहरुमा डुब्लीकेशन हुने हुँदा आउँदा दिनमा ठूला आयोजनाहरु सह–लगानीमा सञ्चालन गरिने बताउनुभएको छ ।
सङ्घीय सरकारको समपूरक र विशेष अनुदानमा सञ्चालित आयोजनाहरुको अनुगमनका क्रममा पर्वत र बागलुङ हुँदै म्याग्दी आउनुभएका उपाध्यक्ष कँडेलले आउँदा दिनमा संयुक्त लगानीमा आयोजनाहरु सञ्चालन हुने बताउनुभयो । उहाँले ठूला सडकलगायतका योजना तथा आयोजनाहरु सबैको उपस्थितिमा होस् भन्ने हेतुले भर्खरै कार्यविधि पास भएको बताउनुभयो ।
सङ्घीय सरकारको जिम्मेवारी सबै क्षेत्रको विकासमा रहेको र त्यसका लागि सबैले आ–आफ्नो मार्ग प्रयोग गर्नुपर्ने उपाध्यक्ष कँडेलको भनाइ छ । ससर्त अनुदानतर्फको पाटोलाई विधागत रुपमा मन्त्रालयमार्फत जानुपर्ने, समानीकरण अनुदान आफ्नो बाटोबाट आउने भए पनि योजनाहरूमा हुन सक्ने डुब्लीकेशनलाई सबैले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीका विकास तथा योजना विज्ञ सल्लाहकार गजेन्द्र थपलियाले जिल्लाभित्रका विकासे योजनाहरुको अनुगमन अनि त्यसको अवस्था थाहा पाउनका लागि आफूहरु निरीक्षणमा निस्किएको बताउनुभयो । योजना तथा आयोजनाहरुमा नतिजामुखी विकास हुनुपर्ने बताउँदै उहाँले प्रधानमन्त्री आफै सबै ठाउँमा पुग्न सम्भव नभएकाले उहाँकै निर्देशनमा आफूहरु जिल्लाको अनुगमनमा आएको जानकारी दिनुभयो ।
योजना आयोगका उपाध्यक्ष कँडेलसहितको टोलीसँगको भेटघाटमा म्याग्दीका सरोकारवालाहरूले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना तथा योजनाहरुको वर्तमान अवस्था, विकासे गतिविधि, निर्माणाधीन सडक तथा भवनको भौतिक प्रगतिका बारेमा जानकारी गराएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।