तस्करी गरी ल्याएकाे सामान नियन्त्रणमा लिन विराटनगरमा प्रहरीद्वारा एक राउण्ड हवाई फायर

 मंसिर ७, २०७७ आइतबार १४:२८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – विराटनगरमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

भन्सार छली गरेर भारतबाट ल्याएको सामान नियन्त्रण गर्न खोज्दा सामान ल्याउने ८–१० जनाको समूहले अवरोध गरेपछि एक राउण्ड हवाई फायर गरेको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले बताउनुभयो । विराटनगर महानगरपालिका–१७ मटेरुवामा बिहान तस्करीको समान नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार तस्करीमा संलग्न रविना खातुन एक बोरा कम्मरमा लगाउने पेटीसहित पक्राउ परेकी छिन् । अरुको खोजी भइरहेको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले बताउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया