बलात्कारविरुद्धकाे कानुन कडा पार्ने अध्यादेश पारित, आजै जारी हुने सम्भावना

 मंसिर ७, २०७७ आइतबार १५:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्ने सम्बन्धी अध्यादेश पारित गरेको छ ।

अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको छ । यो अध्यादेश आइतबार नै जारी हुने सम्भावना रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बलात्कारसम्बन्धी कानुनलाई थप कडाइ गर्न कानुन मन्त्रालयले अध्यादेश तयार पारेको हो । महिला अधिकारकर्मीले बलात्कारका घटना लगातार बढिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्दै केही समययता दबाब दिइरहेका छन् । 

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया