स्वास्थ्य मन्त्रालयले चार वटा प्रयाेगशालालाई २४ घण्टे स्पष्टीकरण साेध्याे

 मंसिर ७, २०७७ आइतबार १६:५३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने चार वटा ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेकाे छ ।

परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालना नगरेको भन्दै स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले चार वटा अस्पतलालाई स्पष्टीकरण साेधेकाे हाे । स्टार अस्पताल, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यी प्रयोगशालामा पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि नेपाल वायु सेवा निगमको उडानमार्फत हङकङ, दुबई र जापानको नारिता गएका व्यक्तिलाई त्यहाँ फेरि परीक्षण गर्दा पोजेटिभ देखिएपछि स्पष्टीकरण सोधिएको हो । अनुमति प्राप्त प्रयोगशालाबाट गरिएको परीक्षणमा समस्या देखिएपछि यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको थियो ।

त्यसपछि मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनको आधारमा यी चार वटा प्रयोगशालालाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।  

अन्तिम अपडेट: मंसिर १०, २०७७

तपाईको प्रतिक्रिया