सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारा...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – विदेश जान 'लेभल ए' मान्यता पाएका सरकारी प्रयोगशालाको पिसीआर रिपोर्ट मात्रै मान्य हुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विदेश जानेहरूका लागि अब लेभल एका सरकारी प्रयोगशालाको रिपोर्टको मात्रै मान्यता दिने निर्णय गरेको हो ।
अन्य केही प्रयोगशालामा गरिएको परीक्षणमा समस्या आएको पाइएपछि यस्तो निर्णय गरिएको हो । विदेश जानेहरूको स्वास्थ्य परीक्षण गरेपछि त्यसको जानकारी स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई दिनुपर्ने निर्णय पनि भएको छ ।
यस्तै, बैठकले परीक्षणका क्रममा यसअघि पोजेटिभ र नेगेटिभ रिपोर्ट मात्रै दिने गरेकोमा अब बोर्डर लाइन देखिएमा पनि पोजेटिभ नै मान्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ । पोजेटिभ र नेगेटिभ दुवै नदेखाइ बीचकाे लाइन देखिए त्यसलाई नेगेटिभ नमानी पोजेटिभ नै मान्न निर्देशन दिइएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।