सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारा...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - अहिले तराईका केही ठाउँमा बाक्लो कुहिरो लागेको छ । पहाडी भेगमा पनि कतै कतै सामान्य कुहिरो लागेको छ ।
चिसोका कारण कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार दिउँसो घाम लाग्दै गएपछि कुहिरो हट्दै जानेछ । आज दिउँसो देशका अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ । काठमाण्डौमा पनि आज दिउँसो हिजो अस्तिको जस्तो पारिलो घाम लाग्ने सम्भावना छैन ।
कर्णाली र सुदूरपश्चिममा भने पश्चिमी वायुको प्रभाव देखिएको छ । पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमपात हुने भएकाले बढी चिसो हुने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
राति पनि देशको धेरैजसो पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलि दिउँसोसम्मको मौसम यस्तै रहने अनुमान गरिएको छ । भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव अलि बढी पर्ने हुनाले कतै कतै सामान्य खालको पानी पर्ने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने र अरु ठाउँमा पनि मौसम त्यति नखुल्ने सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनुभयो ।
काठमाण्डौको आज बिहान ६ बजेको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।