सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारा...
माघ २९, २०८१ मंगलबार
ओखलढुङ्गा - ओखलढुङ्गाका आठ वटा पालिका मेघा प्रोजेक्टको डीपीआर बनाउन केन्द्रीत भएका छन् ।
खिजीदेम्बा गाउँपालिकाले ठूला सात परियोजनाको वृहत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर कार्यान्वयन समेत सुरु गरेको छ । विद्युत, सडक, पर्यटकीय क्षेत्रको पूर्वाधार लगायतका ठूला आयोजनाको डीपीआर बनाएर काम थालिएको प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले प्रसूति सेवासहितको अस्पताल, प्रशासकीय भवन, थोलेदेम्बा पर्यटकीय पूर्वाधार, लिखुभूसिंगा सडक कालोपत्रे, खानेपानी आयोजना र चण्डेश्वरी-रावादोलू-भूसिंगा मध्यमार्गी सडकको डीपीआर बनेर कार्यान्वयन सुरु भएको पौडेलको भनाइ छ ।
कालोपत्रे सडकतर्फ लिखु-भूसिंगा सडकको २० किलोमिटरको डीपीआर बनिसकेको छ । प्रदेश सरकार र केन्द्र सरकारसँग बजेट साझेदारी गर्ने गरी आयोजनाको डीपीआर निर्माण गरेको हो । डीपीआर बिना प्रदेश सरकारले बजेट व्यवस्था नगर्ने भएपछि अरु ७ वटा पालिका पनि ठूला आयोजनाको डीपीआर बनाउन लागिपरेका छन् ।
चम्पादेवी गाउँपालिका र मानेभञ्ज्याङ्ग गाउँपालिकाले लिफ्टिङ्ग प्रविधिको खानेपानी आयोजनाका लागि डीपीआर तयार गरेका छन् । चिशंखुगढी गाउँपालिकाले खानेपानी तथा कोटगढी पर्यटकीय क्षेत्रको डीपीआर बनाएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो ।
त्यस्तै सद्धिचरण नगरपालिकाको रुम्जाटारमा स्मार्ट सिटी निर्माण, श्रष्टापार्क निर्माणका लागि डीपीआर बनेर काम सुरु भएका छन् । प्रशासनिक भवनको डीपीआर पनि अन्तिम चरणमा रहेको सिद्धिचरण नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले बताउनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।