६१ लाख रुपैयाँमा ३२ वटा मुर्रा भैँसी किन्दै सरकार

 मंसिर ८, २०७७ सोमबार १२:१३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले झण्डै ६१ लाख रुपैयाँमा ३२ वटा मुर्रा भैँसी किन्ने भएको छ ।

राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीले ६० लाख ९९ हजार रुपैयाँमा २ वटा वलसहित ३२ वटा भैँसी खरिद गर्ने भएको हो । कार्यक्रमले ३२ वटा मुर्रा भैँसी किन्न लागि असोज १ गते बोलपत्र आह्वान गरेको थियो ।

अन्तिम दिन कात्तिक ३ गतेसम्म दर्ता भएका प्रस्तावमध्ये सबैभन्दा कम मूल्य ६० लाख ९९ हजार रुपैयाँमा प्रस्ताव पेस गर्ने हेम शंकर घर पालुवा पशु चौपाया खरिद बिक्री केन्द्र सिरहाबाट भैँसी खरिद गर्न लागिएको भैँसी अनुसन्धान कार्यक्रमले जनाएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया