साेमबार नेप्से ओरालाे लाग्याे

 मंसिर ८, २०७७ सोमबार १६:१७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्ला केही दिन लगातार बढेको शेयर बजार परिसूचक नेप्से साेमबार भने सामान्य घटेको छ । नेप्से साेमबार २ दशमलव ३८ अङ्कले घटेर १७ सय ८० दशमलव ४३ विन्दुमा झरेको छ ।

बैंक, व्यापार, होटल र उत्पादन समूहको शेयर बढे पनि नेप्से भने ओरालो लागेको हो । साेमबार जीवन बीमा समूहको शेयर १ सय ८२ अङ्कले, निर्जीवन बीमा समूहको १ सय २५ अङ्कले, माइक्रो फाइनान्सको २० र अन्य समूहको शेयर १६ अङ्कले ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार साढे ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा साेमबार ४ अर्ब ७६ करोड रुपैयाँ बराबरका १ करोड २० लाख कित्ता शेयर किनबेच भएका छन् ।

सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ३० करोड र पुनर्बीमा कम्पनीको २९ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

साेमबार हिमालयन डिस्टिलरी र हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीका शेयरधनीले ९ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । एनआईसी एसिया ब्यालेन्स फण्ड, नागरिक लगानी कोष र गुडविल फाइनान्सका शेयरधनीले भने ४ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।   

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया