ललिता निवास प्रकरण : पूर्वमन्त्री जाेशीलाई साधारण तारेखमा छाड्न आदेश

 मंसिर ८, २०७७ सोमबार २०:२०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – विशेष अदालतमा उपस्थित हुनुभएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुट्नुभएको छ । ललिता निवास प्रकरणमा उहाँ सोमबार विशेष अदालतमा उपस्थित हुनुभएको थियो ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीको इजलासले उहाँलाई साधारण तारेखमा छाड्न आदेश दिएको विशेष अदालतका प्रवक्ता एवं उप–रजिष्ट्रार पुष्पराज पाण्डेयले उज्यालोलाई जानकारी दिनुभयो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व भूमिसुधारमन्त्री जोशीसहित एक सय ७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बालुवाटारको ललिता निवासकाे जग्गा भूमाफियाले विभिन्न प्रभावशाली व्यक्तिलाई प्रभावमा पारेर बेचविखन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।  

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया