महोत्तरीमा हराएकी ६ वर्षीया बालिका मृत फेला, हत्या आरोपमा एक जना पक्राउ

 मंसिर ९, २०७७ मंगलबार १३:२:४८ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीमा गएको आइतबारदेखि घरबाट हराएकी ६ वर्षकी बालिका मृत भेटिएकी छिन् ।

बर्दिवास नगरपालिका १४ मा घरबाट चक्लेट किन्न निस्किएकी बालिका गुलाब साह खातुनको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार हत्या गरेर फालेको अवस्थामा बालिकाको शव झाडीमा भेटिएको हो ।

हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ का २५ वर्षका अरुणकुमार साहलाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घर नजिकै आक्रोशित स्थानीय बासिन्दाले आगजनी गरेका छन् । त्यहाँको अवस्था अहिले तनावग्रस्त रहेको उज्यालो सहकर्मी धनवीर महतोले बताउनुभयो ।

बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने अनुमान छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया