काेराेना खाेप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपालीले पाउँछन् : स्वास्थ्यमन्त्री

 मंसिर ९, २०७७ मंगलबार १७:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ । 

विश्वप्रति जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै खाेप नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताउनुभएको हो । स्वास्थ्यमन्त्री ढकालले खाेपकाे व्यवस्थापन र सहज उपलब्धताका लागि कानुन संशोधन गरेर सरकार अगाडि बढेको बताउनुभयो ।

अहिले परीक्षणका क्रममा रहेका खाेपहरू प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रूपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत कानुन संशोधन गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस् भनेर कानुनी रूपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ । खाेप सजिलै प्रयोगमा ल्याउन सकियोस् भनेर, कानुनी अफ्ठ्यारो नपरोस् भनेर कानुनी बाटो खुला र सहज गरिएको हो । खाेप अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ ।’

मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरू म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताउनुभयो । उहाँले तरकारी, फलफुललगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको बताउनुभयो ।

मङ्सिर ३ गतेदेखि ९ गतेसम्म चलेको सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा ललित कला क्याम्पसमा अध्ययनरत विनिता खड्का प्रथम, होप इन्टरनेशनल कलेजमा अध्ययनरत स्वस्तिमा सापकोटा द्वितीय र नेशनल स्कुल अफ साइन्समा अध्ययनरत राजकी अर्याल तृतीय भएका छन् । उनीहरूलाई नगदसहित सम्मान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया