आज चार वटा प्रदेशमा हिमपात र वर्षाको संभावना

 मंसिर १०, २०७७ बुधबार ७:२२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । पश्चिमी वायुकै प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा दिउँसो सामान्य खालको पानी पर्ने सम्भावना छ । बाँकी ठाउँको मौसम आंशिकदेखि सामान्य खालको बद्ली हुने सम्भावना रहेको मौसमविद् बासीले बताउनुभयो ।

राति वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा सामान्य बद्ली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी  तथा हिमाली भेगमा हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ । भोलिको मौसम पनि लगभग यस्तै रहन्छ । आज र भोलि देशभर नै पारिलो घाम लाग्ने सम्भावना छैन ।

पर्सिदेखि भने मौसम सुधार हुने उहाँले बताउनुभयो । यसैबीच आज बिहान साढे ६ बजेको काठमाण्डौको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया