नेपाल–भारत सचिवस्तरीय संयुक्त बैठक आज : प्रसारणलाइनको मोडालि...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - पिँडालु र सखरखण्ड खानाले शरीरमा फाइदा गर्ने विज्ञले बताएका छन् ।
पिँडालु सखरखण्ड लगायतका कन्दमुल खानाले शरीरलाई निक्कै फाइदा पुग्ने पोषणविद् योगिता सापकोटाले जानकारी दिनुभयो । पिँडालुमा भिटामिन बि, ई, पोटासियम, फोस्फोरस र म्याग्नेसियमजस्ता तत्त्व पाइन्छ । यी तत्त्व हाम्रो शरीरका लागि लागि निकै उपयोगी हुने उहाँको भनाइ छ । यस्तै पिँडालुले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ ।
ब्रत बसेको बेला पिँडालु खाँदा यसमा पाइने फाइबरले पेट भरीएको महशुस हुने उहाँको भनाइ छ । यस्तै सखरखण्डले जाडोमा शरीरलाई न्यानो बनाइराख्न सघाउ पुर्याउने पोषणविद् सापकोटा बताउनुहुन्छ । सखरखण्डमा पाइने क्यालोरी स्टार्च, फाइबर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए, भिटा क्यारोटिनले मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व प्रदान गर्ने भएकाले लाभदायीक हुने उहाँको भनाइ छ । तर सुगरका बिरामीले भने यो धेरै मात्रामा खान हुँदैन ।
एकादशी लगायतका व्रतका बेला धेरै मानिसले पिँडालु, सखरखण्ड लगायतका कन्दमुल खने गर्छन् । यसैबीच काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा बुधबार १० टन पिँडालु र सखरखण्ड भित्रिएको छ । बुधबार र विहिबार एकादशी परेकाले कालीमाटीमा १० टन पिँडालु र सखरखण्ड भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सदस्य अर्जुन सुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अरु बेला पिँडालु र सखरखण्ड निक्कै कम मात्रामा भित्रने गरेको थियो । कालीमाटी बजारमा आज पिँडालु र सखरखण्डको थोक मूल्य किलोको ५० देखि ६० रुपैयाँ तोकिएको छ । एकादशीमा धेरै मानिसले पिँडालु र सखरखण्ड खाने गर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।