सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारा...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - सप्तरीका एक सय ३६ वटा उद्योग खारेजीमा परेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा दर्ता रहेका ९ हजार १ सय २७ उद्योगमध्ये आर्थिक वर्ष २०७६–०७७ मा १ सय ३६ वटा उद्योग खारेजीमा परेका हुन् । मापदण्ड पूरा नगरेको, बीचमै उद्योग बन्द भएको, वैदेशिक रोजगारीमा हिँडेको, उद्योग दर्ता गरी लामो समयमसम्म संचालनमा नल्याएको तथा समयमै नवीकरण नगराएका उद्योग खारेजीमा परेका उद्योग अधिकृत सन्तोषकुमार साहले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष उद्योग नवीकरण, लगत कट्टा, पूँजी बृद्धि, ठाउँसारी, निवेदन र अन्य दर्ता लगायतका शुल्क बापत एक करोड १५ लाख ३१ हजार ८ सय ६६ रुपैयाँ राजश्व संकलन गरिएको साहले बताउनुभयो । उहाँले कोरोना महामारीपछि कामका लागि भारत गएकाहरु फर्किएका र कतिपयले देशमै काम गुमाएकाले सप्तरीमा बेरोजगारी समस्या बढेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।