नेपाल इञ्जिनियरिङ कलेजका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

 मंसिर १०, २०७७ बुधबार १६:५९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – नेपाल इञ्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपाने पक्राउ परेका छन् । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा न्यौपानेलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । 

रामेछापको मन्थली नगरपालिका ८ का न्यौपाने काठमाण्डौको चण्डोलमा बस्दै आएका थिए । उनलाई उनकै निवास चण्डोलबाट पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

इञ्जिनियरिङ कलेजमा दुई कार्यकालमा आठ करोड २१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा उनीसहित पाँच जनामाथि अनुसन्धान चलिरहेको छ । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया