३ महिनामै मोबाइल र इन्टरनेट बैंकिङमार्फत ८२ अर्ब रुपैयाँको कारोबार

 मंसिर १०, २०७७ बुधबार १९:४५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा मोबाइल र इन्टरनेट बैंकिङको कारोबार तीव्र गतिमा बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा मोबाइल र इन्टरनेट बैंकिङमार्फत ८२ अर्ब आठ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । 

राष्ट्र बैंकका अनुसार तीन महिनामा इन्टरनेट बैंकिङका ६ लाख ९० हजार वटा कारोबारमार्फत १४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । साउनमा तीन अर्ब १० करोड, भदौमा चार अर्ब ७४ करोड र असोजमा ६ अर्ब ३१ करोड रुपैयाँ इन्टरनेट बैंकिङमार्फत कारोबार भएको छ । 

यस्तै तीन महिनामा मोबाइल बैंकिङका एक करोड ९७ लाख वटा कारोबारमार्फत ६७ अर्ब ९३ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । मोबाइल बैंकिङमार्फत साउनमा १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँ, भदौमा २० अर्ब ३४ करोड रुपैयाँ र असोजमा २८ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

कोरोना भाइरसको महामारी नियन्त्रणको लागि सरकारले गरेको लकडाउनयता नेपालमा मोबाइल र इन्टरनेट बैंकिङका प्रयोगकर्ताको सङ्ख्या तीव्र गतिमा बढेको राष्ट्र बैंकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया