महोत्तरी : बर्दिवास घटनाको विरोधमा आज गौशाला बजार बन्द

 मंसिर १२, २०७७ शुक्रबार १०:४५:१५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको बर्दिवास घटनाको विरोधमा आज गौशाला बजार बन्द गरिएको छ ।

गौशाला उद्योग वाणिज्य संघले बिहानैदेखि बजार बन्द गरेको हो । बर्दिवास नगरपालिका १४ बाट बेपत्ता पारेर हत्या गरिएकी बालिका र प्रहरीको गोली लागि ज्यान गुमाएका संजय न्यौपानेको परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरिएको छ ।

गौशाला उद्योग वाणिज्य संघका उपाध्यक्ष देवचन्द्र महतोका अनुसार बेलुका ५ बजे गौशाला बजारमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । गएकाे सोमबार बालिका मृत भेटिएकी भएको विरोध प्रदर्शनमा बर्दिवासका संजय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको थियो ।

घटनापछि बर्दिवाससहित जिल्लाका विभिन्न ठाउँमा विरोध प्रदर्शन हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया