बालिका हत्या प्रकरण : बर्दिवास चाेक शुक्रबार दिनैभरि शान्त

 मंसिर १२, २०७७ शुक्रबार २०:२५:४१ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – गएकाे तीन दिनदेखि दिनहुँ प्रदर्शनका कारण अशान्त रहँदै आएको बर्दिवास चाेक शुक्रबार भने दिनभरि नै शान्त रहेकाे छ । ६ वर्षीया बालिकाकाे हत्या र प्रदर्शनकाे क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सञ्जय न्यौपानेका लागि न्याय र उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन भइरहेकाे बर्दिवास भने शुक्रबार दिनभर शान्त रहेकाे हाे । 

वार्ता समितिले मागको सम्बन्धमा पहल गरेपछि बर्दिवास शान्त भएकाे प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टका अनुसार शुक्रबार दिनभरि नै राजमार्ग निर्वाध रूपमा सञ्चालन भएका थिए । त्यस्तै पसल, हाट, बजार, सङ्घ संस्थाहरू खुल्न थालेको डीएसपी विष्टले बताउनुभएकाे छ ।

यता गौशाला बजारमा भने गौशाला उद्योग वाणिज्य सङ्घले आह्वान गरेको बजार बन्दको समर्थनमा भने यस क्षेत्र दिनभरि नै सुनसान रह्यो ।

परिवारले शव बुझ्न मानेनन्

बर्दिबासमा हत्या गरिएकी ६ वर्षीया बालिकाको शव चार दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको शव गृहमा नै रहेको छ । उनका परिवारले अझै शव बुझ्न मानेका छैनन् ।

बालिकाको शवको मङ्सिर ९ गते नै पोस्टमार्टम भइसकेको प्रादेशिक अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले जानकारी दिनुभयो । तर पोस्टमार्टमको चार दिन हुँदा पनि मृतकका परिवारले अझैसम्म शव बुझेका छैनन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया