नेपाल–भारत सचिवस्तरीय संयुक्त बैठक आज : प्रसारणलाइनको मोडालि...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - हिउँदयाम लागेसँगै आगलागीका घटना बढ्न थालेको छ ।
आगलागीका घटना बढ्न थालेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सावधानी अपनाउन आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले आगोमा काम गर्दा र आगोले टिप्ने सामग्रीको व्यवस्थापनमा विशेष ख्याल गर्न आग्रह गर्नुभएको छ ।
विशेषगरी विद्युतीय सामग्री र ग्यासको सावधानीमा ध्यान दिन उहाँको सुझाव छ । पछिल्ला दुई दिनमा १६ जिल्लामा आगलागीका घटना भएका छन् । बिहीबार काठमाण्डौसहित विभिन्न ७ जिल्ला र शुक्रबार ललितपुरसहित सोलुखुम्बु, दाङ, तेह्रथुम, कञ्चनपुर, मुगु, धनुषा, धनकुटा र महोत्तरीमा आगलागीका घटना भएका प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता गौतमका अनुसार भौतिक क्षति र घटना सङ्ख्याका हिसाबले सबैभन्दा बढी आगलागीका घटना हुने गरेको छ । प्राधिकरणले आगलागीका घटना न्यूनीकरणका लागि आवश्यक तयारीमा लाग्न जिल्ला जिल्लामा निर्देशन समेत दिएको छ ।
गएकाे वैशाखयता एक हजार बढी आगलागीका घटना भएको प्राधिकरणको तथ्याङ्क छ । ती आगलागीका घटनामा परि २० जनाको ज्यान गएको छ । एक सय ८६ जना घाइते भएका छन् । झण्डै ८४ करोड ११ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।