'कोभिड–१९ हिरो अफ यूएई'बाट ४७ जना नेपाली सम्मानित

 मंसिर १३, २०७७ शनिबार १३:३:३१ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – यूएईमा 'कोभिड १९ हिरो अफ यूएई'बाट ४७ जना नेपालीलाई सम्मान गरिएको छ ।

कोरोनाका कारण समस्यामा परेकाको उद्धार तथा राहत वितरणमा खटिएका ६ जना महिला सहित ४७ जनालाई सम्मान गरिएको हो । 

जनता समाजवादी पार्टी र उसैको प्रवासमा रहेको भात्री संस्था अन्तर्राष्ट्रिय नेपाली समाज यूएईद्वारा कोरोना महामारीको समयमा संस्थागत तथा व्यक्तिगत रुपमा उद्धार र राहत वितरण तथा विभिन्न सेवा प्रदानका लागि खटिएकाहरुलाई सम्मान गरिएको हो ।

शुक्रबार साँझ भर्चुअल रुपमा भएको कार्यक्रममा जनता समाजवादी पार्टीकी परिषद सदस्य हिसिला यमीले सम्मानित हुनेहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै नेत्र यमीले कोरोनाका कारण नेपालमा ठूला राजनीतिक दल, नेता र राज्यनै निरीह बनिरहेको बेला परदेशमा रहेका नेपालीहरुले गरेको सहयोग र देखाएको सद्भाव अतुलनीय भएको बताउनुभयो ।

एनआरएनए यूएईका प्रकाश कोईराला, पाशाङ शेर्पा, नेपाली समाजका गोविन्द ढकाल, सामाजिक अगुवा नरेश शेन, आशा लामा लगायतले बोल्नुभएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष बाबुराम लोप्चन र सञ्चालन बिनोदबाबु श्रेष्ठले गर्नुभएको थियो ।   
 

अन्तिम अपडेट: बैशाख १, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • DR Gurung

    Nov. 28, 2020, 4:01 p.m.

    कोरोना भाईरस संक्रमण हुने डरले घर भित्रै सबैले आफुलाई क्वारनटाईन गरेको बेला संक्रमित कहाँ कहाँ छन् भन्दै ज्यानको बाजी राखेर उद्दार गर्न हिड्ने तपाईहरु महान मात्र हैन, भयङ्कर साहसी पनि हुनु हुन्छ l सम्पूर्ण रियल लाईफ हिरोहरुलाई सम्मान गर्न र बधाई दिन पाउँदा गौरवान्वित महशुस गरिरहेकोछु l

  •  0 Reply

तपाईको प्रतिक्रिया