अहिलेको बहसले पार्टी फुटतर्फ जान्न भन्नेमा सबैको जोड रह्यो : प्रवक्ता श्रेष्ठ

 मंसिर १३, २०७७ शनिबार १५:३७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित रुपमा आफ्नो लिखित जवाफ पेश गर्नुभएको छ ।

यसअघि अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनको जवाफ स्वरुप ओलीले लिखित विचार पेश गरेको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘ओलीको लिखित जवाफ खाममा प्राप्त भएको छ, त्यसभित्र के लेखिएको छ भन्ने कुरा त अध्ययनपछि नै थाहा होला ।’ श्रेष्ठले भन्नुभयो ।

शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले धारणा राख्नुभएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । सबैले पार्टीको समस्या र संकट समाधान गर्न छलफल, बहस र अन्तरसंघर्षलाई सहि दिशा दिनुपर्नेमा जोड दिनुभएको पनि श्रेष्ठले बताउनुभयो ।

‘सबैजनाले यो बहसले पार्टी एकतामा विचलन पैदा हुने फुटतर्फ जाँने सोच्न पर्दैन भन्ने धारणा राख्नुभयो ।’ श्रेष्ठले भन्नुभयो । दुवै अध्यक्षका प्रस्तावको अध्ययन, छलफल र गृहकार्य गरेर १६ गते १ बजे धुम्बाराहिमा बस्ने र अवस्था हेरेर यी प्रस्ताव १८ गतेको स्थायी कमिटि र तल्ला तहमा पनि बहसको लागि पुग्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०७७

तपाईको प्रतिक्रिया