सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारा...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि सञ्चालन गरेको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।
धादिङको बैरेनीमा सम्पन्न महासंघको बैठकले घोषणापत्र जारी गर्दै पत्रकारको पक्षमा संवाद, आन्दोलन र कानूनी उपचारमार्फत प्रभावकारी रुपमा अघि बढने प्रतिवद्धता जनाएको हो । श्रमजिवी पत्रकारका उजुरी र गुनासाहरुलाई व्यवस्थित गर्न महासंघ केन्द्रीय कार्यालयमा श्रम डेस्क स्थापना गर्ने, श्रम समस्या देखिएका तीन वटा सञ्चारगृहहरुमा थप आन्दोलन गर्ने पनि महासंघले निर्णय गरेको छ ।
महासंघले कोरोना संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई नि:शुल्क उपचार, बेरोजगार भएका तथा दबाबपूर्ण बिदामा राखिएका पत्रकारलाई तत्काल लेखनवृत्तिको व्यवस्था गर्न, कोरोना बीमा छिटो भुक्तानी गर्न, कोरोनाका कारण प्रभावित भएका सञ्चारगृहहरुलाई सहुलियत उपलब्ध गराउन र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने तथा कोरोनाको बहानामा पारश्रमिक उपलब्ध नगराउने, तथा निष्काशन गर्ने सञ्चार गृहलाई सहुलियतपूर्ण ऋण तथा अनुदान उपलब्ध नगराउन सरकारसँग माग गरेको छ ।
महासंघले शाखा तथा प्रदेश समितिहरुको अधिवेशन तथा साधारणसभा सम्पन्न गर्नका लागि कार्यदलसमेत गठन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।