आज देशका धेरै ठाउँको मौसम सफा, अबको तीन दिन पानी पर्ने वा हिमपातको सम्भावना छैन

 मंसिर १४, २०७७ आइतबार ८:१५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका धेरै ठाउँको मौसम सफा छ ।

आज देशभर केही ठाउँबाहेक धेरै ठाउँमा घाम लागेको छ । अहिले बिहान तराईका केही ठाउँमा सामान्य तुसारो लागेको छ ।

तर दिउँसोपछि तराईमा लागेको सामान्य खालको तुसारो पनि हटेर घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिक बद्लीको सम्भावना छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान ५ डिग्री सेल्सियस मापन गरिएकोमा फेरि दिउँसो घटेर ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको थियो । बादल नलागेकाले चिसो बढ्न थालेको छ ।

चिसो अझै बढ्ने महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । राति भने देशभरको मौसम सामान्यतया सफा नै रहनेछ । भोलि पर्सिको मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ । देशमा अहिले कुनै पनि प्रणाली नभएकाले पानी पर्ने वा हिमपातको सम्भावना छैन ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया