झ्याल ढोका बन्द गरी आगो ताप्नु तथा हिटरको प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक

 मंसिर १४, २०७७ आइतबार ९:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केही दिनदेखि चिसो बढ्दै गएको छ ।

चिसोबाट जोगिन धेरैले न्यानोका लागि विद्युतीय उपकरण प्रयोग गर्छन् । आगो ताप्दा झ्याल ढोका बन्द गर्नु तथा हिटरको प्रयोग गर्नु स्वास्थ्यका लागि निक्कै हानिकारक हुने डाक्टरले बताएका छन् ।

जाडो छल्नका लागि अपनाइने यस्ता उपायले ज्यानै समेत जानसक्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ । नेपाल मेडिकल कलेजका कम्युनिटी मेडिसिन विभागका प्रमुख डाक्टर सुनिलकुमार जोशीका अनुसार चिसोमा समयमा कृत्रिम तातोभन्दा पनि प्राकृतिक विकल्प नै खोज्नुपर्ने हुन्छ ।

झ्याल ढोका थुनेर हिटर, कोइला वा आगो ताप्दा वातावरणमा भएको ओसिलो हावालाई सोसिदिने गर्छ । हिटर धेरै प्रयोग गर्दा छाला सुख्खा हुने, शरीर चिलाउने, समस्या हुन सक्छ । बालबालिकालाई त झन् यसले निक्कै असर गर्ने उहाँको भनाइ छ । अक्सिजनको मात्रा कम गराउने भएकाले श्वास प्रश्वासको समस्या भएकाहरुलाई हिटरको तातोमा सास फेर्न गाह्रो हुन सक्छ ।

कतिपय अवस्थामा ज्यान नै जान सक्ने भएकाले सावधानी अपनाउन डाक्टर जोशीको सुझाव छ । यसरी कृत्रिम तरिकाले कोठालाई तातो बनाउनुभन्दा पनि बरु शरीरलाई न्यानो राख्न तातो कपडा लगाउने, तातो झोलिलो पदार्थ खाने र हातमा पञ्जा तथा टाउकोमा टोपी लगाउने गर्नुपर्छ ।  

कोइला, हिटर वा आगो ताप्नै परेमा पनि झ्याल ढोका खोलेर मात्रै ताप्नुपर्नेमा उहाँको जोड छ । यस्तै चिसो मौसममा बिहानको चिसोमा बाहिर नहिँड्दा नै राम्रो हुने डाक्टर जोशी बताउनुहुन्छ । चिसो समयमा बाहिर निस्कँदा प्रदूषण मिसिएको चिसो हावाले निमोनिया, स्वासप्रश्वास, एलर्जी, रुघाखोकीलगायतका स्वास्थ्य समस्या हुन सक्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया