सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारा...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - एशिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी हुँदैछ ।
एशिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका वृहत अनुभवहरु आदानप्रदान गर्ने कार्यशालाको उद्देश्य छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा हुने कार्यशाला आज उद्घाटन हुनेछ । कार्यक्रमको उद्घाटन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गर्नुहुनेछ । गएकाे वर्ष इन्डोनेसियामा आयोजित तेस्रो कार्यशाला गोष्ठीको सर्वसम्मत निर्णयबाट चौथो कार्यशाला नेपालमा गर्ने निर्णय भएको थियो ।
कोभिड-१९ को महामारीका कारण यसपटक यो कार्यशाला अनलाइन विधिबाट गर्न लागिएको हो । अवस्था सामान्य भए भौतिक उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम चैत्रमा काठमाण्डौमै आयोजना गरिनेछ । यो फोरमले एसिया प्रशान्त क्षेत्रका आवास तथा आवासीय क्षेत्रमा काम गरिरहेका अभ्यासकर्ताहरुलाई एउटै मञ्चमा ल्याएर उनीहरुको ज्ञान, सीप र अनुभवको आदानप्रदान गर्नुका साथै आवास अभ्यासकर्ताहरुको क्षमता अभिवृद्धिको प्रयास गर्दछ ।
विपद प्रतिकार्यमा सहकार्य एवं सहयोग गर्ने समुदायहरुका लागि परीक्षण गरिएका उपयुक्त समाधानका विधिहरुको जानकारी दिने र प्राविधिक सहयोग उपलब्ध गराउने लक्ष्यका साथ फोरमले यो क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।