सडक विस्तारको नाममा स्वयम्भूलाई नभत्काउ : अभियन्ता

 मंसिर १४, २०७७ आइतबार १५:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व सम्पदामा सूचीकृत ऐतिहासिक स्वयम्भू क्षेत्रको कुनै पनि भाग नभत्काउन सरोकारवाला पक्षले माग गरेका छन् ।

स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले काठमाण्डाैको स्वयम्भू क्षेत्रमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक क्षेत्रको कुनै पनि भाग भत्काउन नहुने बताएको हो । अभियानले सडक विस्तारका क्रममा ऐतिहासिक सम्पदा मासिन लागेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

चीनको सहयोगमा अहिले सडक विभागले चक्रपथ विस्तार गर्दै काठमाण्डौको कलंकीदेखि चाबहिलसम्मको सडकलाई फराकिलो पार्ने काम गरिरहेको छ । विकास निमार्णका नाममा धार्मिक सम्पदा भत्काइँदा बौद्धमार्गीको आस्थामा असर पारेको अभियन्ताले जनाएका छन् ।

सडक विभागले स्वयम्भू परिसरमा भत्काइने क्षेत्रमा चिन्ह लगासकेको छ । तर विश्व सम्पदामा सूचीकृत भएको क्षेत्रमा डोजर लगाएर सडक निर्माण गर्न नपाइने कुरामा समेत ध्यान नदिइएको भन्दै अभियन्ताले आक्रोश पोखेका छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया