ट्रान्सपरेन्सीको प्रतिवेदन सरकारद्वारा अस्वीकार, ‘सरकारलाई बदनाम गराउने नियत देखियो’

 मंसिर १४, २०७७ आइतबार १६:५८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भ्रष्टाचारको विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको रिपोर्टलाई अस्वीकार गर्ने जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सीको प्रतिवेदन तथ्यमा आधारित नभएर पूर्वाग्रहका आधारमा आएको र यसमा राजनीतिक गन्ध रहेको दावी गर्नुभयो । ‘सरकारलाई बद्नाम गर्ने प्रयास स्वरुप आएको प्रतिवेदनलाई सरकारले अस्वीकार गर्दछ’ गुरुङले भन्नुभयो ।

ट्रान्सपरेन्सीमा आवद्ध व्यक्तिको दलीय संलग्नताले गर्दा पनि यसका प्रतिवेदनलाई विश्वास गर्न नसकिएको सरकारले जनाएको छ । ३ करोड जनसंख्या रहेको नेपालमा १ हजार व्यक्तिसँग फोन गरेर बनाएको मनोगत रिपोर्टले देशको छविलाई धमिल्याउने गरेर प्रचार भइरहेकोमा सरकारको आपत्ती रहेको मन्त्री गुरुङले बताउनुभयो ।

प्रधानमन्त्रीबाट पटक-पटक भ्रष्टाचार विरोधी प्रतिबद्धता आइरहेको र अरु रिपोर्टले सरकार भ्रष्टाचार घट्दो तथा सुशासन बढ्दै गइरहेको देखाएको अवस्थामा ट्रान्सपरेन्सीको प्रतिवेदनमा नेपाल एसियामै धेरै भ्रष्टाचार हुने देशको सूचीमा आउनुमा सरकारलाई असफल बनाउने तत्वको समेत हात रहेको मन्त्री गुरुङको दावी छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dukraj Panthi

    Nov. 29, 2020, 5:43 p.m.

    भ्रष्टाचारको अबस्था सबैका सामू लुकाउने काम गर्दैछ सरकार। प्रतिवेदन पनि कसरी स्विकारोस नागरिकका सामू शिर उठाउन गाह्रो होला नी।नस्विकारे पनि कुरा सबैले बुझिसके।

  •  0 Reply

तपाईको प्रतिक्रिया