देश विकास गर्न जन्मभूमिमा नै फर्कनुपर्छ: शिक्षामन्त्री

 साउन २९, २०७५ मंगलबार ७:८:३७ | रासस

काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा र सीप सिक्न जहाँ गए पनि देश विकास गर्न जन्मभूमिमा नै फर्कनुपर्ने बताउनुभएको छ । 

शिक्षालय मासिक पत्रिकाले आज यहाँ आयोजनामा गरेको ‘राष्ट्रिय शिक्षा अवार्ड–२०७५’ वितरण समारोहमा उहाँले भन्नुभयो, ‘शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्छ ।’

मन्त्री पोखरेलले गुणस्तरीय शिक्षाका लागि कुनै सम्झौता नहुने बताउँदै सामाजिक न्यायमा आधारित समृद्ध मुलुक निर्माणका लागि शिक्षालाई पुनर्गठन गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । 

शिक्षामा भएका खाडलहरु नपुरे नेपाल समृद्ध मुलुक बन्न नसक्ने बताउँदै उहाँले माध्यमिक तहसम्मको शिक्षालाई प्रविधि र सीपयुक्त बनाउन आफू लागिरहेको धारणा व्यक्त गर्नुभयो । 

सो अवसरमा उहाँले पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएबापत पत्रकार विनोद घिमिरे र रोशन क्षेत्रीलाई नगद रु १० हजारसहित राष्ट्रिय शिक्षा अवार्ड–२०७५ बाट सम्मान गर्नुभयो । 

 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया