काेराेनाका कारण विदेशमा थप ६ जना नेपालीको ज्यान गयाे

 मंसिर १४, २०७७ आइतबार २०:३०:४३ | रासस
unn.prixa.net

काठमाण्डाै – कोभिड–१९ का कारण यो हप्ता थप छ जना गैरआवासीय नेपालीको ज्यान गएको छ ।

योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या दुई सय ९९ पुगेको छ । अहिलेसम्म विभिन्न १९ देशमा रहेका नेपालीको ज्यान गएको हो ।  

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो हप्ता साउदी अरबमा चार, पोर्चुगलमा एक र यूकेमा एक नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको हो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो हप्ता जापान, यूके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

शनिबार साँझसम्म  विभिन्न ४५ देशमा ४७ हजार पाँच सय ८३ गैरआवासीय नेपाली सङ्क्रमित भएकामा हालसम्म ४३ हजार ५७४ कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन् । यो कूल सङ्क्रमितमध्येको ९१  प्रतिशत रहेको छ ।  

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया