गुरुनानक जयन्ती : न्याय, समानता र भातृत्व कायम गर्न प्रेरणा मिल्ने राष्ट्रपतिको विश्वास

 मंसिर १५, २०७७ सोमबार ७:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिख धर्मका प्रवर्तक गुरुनानकको ५ सय ५१ औँ जन्मजयन्ती आज मनाइँदैछ ।

गुरुनानकको जन्म विक्रम संवत् १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले रचना गर्नुभएको ‘गुरु ग्रन्थ साहिब’ शिखहरूको पवित्र धार्मिक ग्रन्थ मानिन्छ ।

शिख समुदायले हरेक वर्ष कार्तिकशुक्ल पूर्णिमाको दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजाअर्चना तथा विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गर्छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा शुभकामना दिँदै सामाजिक न्याय, समानता र भातृत्व कायम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया