कैलाली : जन्ती चढेको माइक्रो बस दुर्घटना, बेहुला-बेहुलीसहित १३ जना घाइते

 मंसिर १८, २०७७ बिहिबार १३:६:४२ | सीताराम ओझा
unn.prixa.net

कैलाली - धनगढी-डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती बोकेको माइक्रोबस दुर्घटना हुँदा बेहुला-बेहुलीसहित १३ जना घाइते भएका छन् ।

बैतडीबाट कञ्चनपुरका लागि  छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२५४ नम्बरको माइक्रोबस सडकबाट खस्दा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका-३ का २१ वर्षका गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका-६ की २० वर्षकी डम्मरा लुहार घाइते भएका प्रहरीले जनाएको छ ।

बेहुलाको टाउकामा र बेहुलीका हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनभयो ।  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियामा रहेको पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया