कार र टिपर ठोक्किँदा बर्दियामा २ जनाको ज्यान गयो

 मंसिर १८, २०७७ बिहिबार १८:३७:५८ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको मधुवन नगरपालिकामा कार र टिपर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । 

मधुवन नगरपालिका ४ काे ढोढरी बेलुवा चोक नजिक बिहीबार दिउँसो कार र टिपर ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका ४ काे बेलौलीका २५ वर्षीय सुरेन्द्र गोडीया र कञ्चनपुरका १७ वर्षीय निधि सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

गुलरियाबाट कञ्चनपुर जान लागेको बा १६ च २४५३ नम्बरको कार र ना ८ ख ३१४ नम्बरको टिपर मधुवन नगरपालिकाको बेलवा चोक नजिक ठोक्किएकाे प्रहरीले जनाएको छ । 

घाइते हुनेमा बर्दियाको गुलरिया ४ का कार चालक २४ वर्षीय मनोज लोनिया, कञ्चनपुरका कमला सुनार र कृतिका सुनार रहेको जनाइएको छ । 

मृतकको शव जिल्ला अस्पताल गुलरिया लगिएको र दुर्घटना कसरी भएको भन्ने विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया