झापाको नमस्ते प्लाइ उद्योगमा आगलागी, ३० लाख रुपैयाँ बराबरको नोक्सानी

 मंसिर १९, २०७७ शुक्रबार १२:५१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

झापा - झापाको बिर्तामोडमा रहेको नमस्ते प्लाइ उद्योगमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । 

बिर्तामोड नगरपालिका-२ मा रहेको उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हो । बिहान भएको आगलागीबाट ३० लाख रुपैयाँ बराबरको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । 

बिहान सवा ७ बजे लागेको आगो साढे १० बजे नियन्त्रणमा आएको छ । बिर्तामोड, भद्रपुर र दमकको दमकल, जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया