एलन मस्क 'टिकटक' किन्न अनिच्छुक

 माघ २७, २०८१ आइतबार १५:३:४७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

संसारकै धनी व्यक्ति एलन मस्कले 'टिकटक' किन्न आफ्नो रुचि नभएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले टिकटक बन्द गर्ने तयारी गरिरहँदा एलन मस्क वा 'माइक्रोसफ्ट' ले टिकटकको अमेरिकी स्वामित्व किन्न सक्ने हल्लाहरू फैलिएका छन् ।

अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै मस्कले टिकटक किन्न सक्ने बताउनुभएको थियो । तर एक भिडियो सन्देशमा मस्कले आफूले टिकटक किन्ने कुनै योजना नबनाएको र रुचि पनि नभएको बताउनुभएको रोयटर्सले जनाएको छ ।

सामाजिक सञ्जालका रूपमा आफूसँग भएको 'एक्स' कम्पनीले अहिले पनि उत्तिकै चर्चा बटुलिरहेकाले अर्को सामाजिक सञ्जाल किन्न जरुरी नभएको पनि मस्कले बताउनुभएको छ । स्थापित कम्पनी नकिन्ने बरु नयाँ कम्पनी नै स्थापना गरेर त्यसलाई सफलतामा पुर्‍याउने आफ्नो बानी रहेको उहाँको भनाइ छ ।

निवर्तनमान अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकको अमेरिकी स्वामित्व बेच्न वा सेवा बन्द गर्न गएको जनवरी १९ सम्मको समय दिनुभएको थियो । टिकटकले स्वामित्व नबेचेपछि अदालतले पनि टिकटक बन्द गर्ने फैसला गरेको थियो । तर डोनाल्ड ट्रम्पले शपथ लिएकै दिन टिकटकलाई विकल्प खोज्न एक महिनाको समय दिएर पुनः खुला गरिदिनुभएको छ ।

'एप्पल' र 'गुगल' ले अमेरिकी कानून लागू भएपछि टिकटकलाई आफ्नो 'एप स्टोर' मा पुनर्स्थापित गरेका छैनन् । अमेरिकामा टिकटकका झन्डै १७ करोड जना प्रयोगकर्ता छन् ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया