खाेटाङमा ११ प्रस्तावित माविकाे स्तराेन्नति

 मंसिर १९, २०७७ शुक्रबार १५:५५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ११ वटा प्रस्तावित माविलाई स्वीकृत माविमा स्तरोन्नति गरेको छ ।

गाउँपालिकाले प्रस्तावित माविका रूपमा सञ्चालनमा रहेका शान्ति मावि छोरम्बु, सरस्वती मावि डाँडाखर्क सछितापोखरी, राम्चे निकेतन मावि इजारा बतासे, शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बु, शान्ति मावि टेम्मा, पञ्चौशिका मावि भण्डारेघाट बतासे, महेन्द्रोद्धय मावि याम्खा, धिप्लुङ मावि सेम्मा छितापोखरी, जनसेवा मावि दिहुँ छितापोखरी, सरस्वती मावि कुलागाउँ सछितापोखरी र याङसोला मावि छोरम्बुलाई माविमा स्तरोन्नति गरेको हो ।

अहिलेसम्म मावि तहको पठनपाठन हुँदै आएको तर मावि शिक्षकको दरबन्दी नभएका प्रस्तावित माविलाई माविमा रुपान्तरण गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । गएकाे वर्ष पञ्चकौशिका आधारभूत विद्यालयलाई मावि तहको पठनपाठनको स्वीकृति दिइएकोमा गाउँपालिकाको असोज ३० गते बसेको कार्यपालिकाको बैठकले एकैसाथ ११ प्रस्तावित माविलाई माविमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । 

सात वटा वडा रहेको गाउँपालिकामा अहिलेसम्म महेन्द्रोदय मावि ओख्रे डाँडागाउँ, कृष्ण मावि टेम्मा र जनता मावि भण्डारीडाँडा बतासे मात्र स्थायी मावि थियो । माविमा रूपान्तरण गरिएका विद्यालयमा स्थायी शिक्षकको दरबन्दी सिर्जना गरेर शिक्षक व्यवस्था गर्दै पठनपाठन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । अपुग शिक्षकका लागि दरबन्दी सिर्जना गरेर शिक्षक नियुक्ति गरिने गाउँपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया