च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै – भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित म्याक ल्युब्रिकेन्ट्स र नेपालका लागि म्याक ल्युब्रिकेन्ट्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीको संयुक्त परियोजनामा पोखराको केन्द्रबिन्दु राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति गरिएको छ ।
म्याक सर्भको उद्घाटन कार्यक्रम भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्सका कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्युब्सका डेपुटी जनरल म्यानेजर रोशनकुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएशन पोखराका अध्यक्ष लक्ष्मण केसीले म्याक सर्भमा स्तरोन्नतिकाे उद्घाटन गर्नुभएकाे हाे ।
म्याक सर्भमा ग्राहकले अत्याधुनिक उपकरणहरूबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । जहाँ म्याक ल्युब्रिकेन्टसकाे प्रयोग गरी मोटरसाइकल तथा स्कुटरको सर्भिसिङ सेवा प्रदान गरिनेछ । याे वर्कशपमा ग्राहकले कुनै पनि ब्राण्डको मोटरसाइकल तथा स्कुटरको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सकिने जनाइएकाे छ।
यस वर्कशपले विभिन्न ब्राण्डका जेन्युअन पार्टपुर्जाहरू पनि उपलब्ध गराउँदै आइरहेको छ । साथै म्याक सर्भको स्तरोन्नति गरिएको अवसरमा डिसेम्बर २०२० सम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टसमा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्ट्समा १० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।